शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
बजेट

कला क्षेत्रका के-के विषय समेटिए बजेटमा ?

शुक्रबार, १५ जेठ २०८३, १८ : ०६
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • कला क्षेत्रका व्यक्तिहरूले यो पटकको बजेटलाई विशेष महत्व दिएका थिए, तर बजेट अपेक्षा अनुसार आउन सकेन ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा बौद्धिक सम्पत्ति संरक्षण, संगीत, कला र साहित्यको अध्ययन प्रवर्द्धन गर्ने घोषणा गरेका छन् ।
  • नयाँ फिल्म हल खोल्नेलाई सुरुका १० वर्षसम्म कर छुट दिने व्यवस्था बजेटमा समेटिएको छ ।

काठमाडौं । कला क्षेत्रका व्यक्तिले यो पटकको बजेटलाई निकै महत्वका साथ लिएका थिए । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफैं कलाक्षेत्रकै व्यक्ति भएकाले पनि यो पटकको बजेटमा फिल्म सिटीमा लगानी लगायत कलाक्षेत्रलाई विशेष सम्बोधन हुने आश गरिएको थियो । तर बजेट कला क्षेत्रको अपेक्षा अनुसार आउन सकेन । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् बौद्धिक सम्पत्ति संरक्षण गर्ने, संगीत, कला र साहित्य सम्बन्धि अध्ययनलाई देशभर प्रवर्द्धन र नयाँ फिल्म हल खोल्नेलाई सुरूका १० वर्षसम्म कर छुट दिने उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप