कारागारलाई सुधार गृहमा रूपान्तरण गर्ने घोषणा
शुक्रबार, १५ जेठ २०८३, १८ : ३३
सारांश
- सरकारले कारागारलाई सुधार गृहको रूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्दै कारागार सुदृढिकरण, क्षमता विस्तार र खुला कारागारको अवधारणा कार्यान्वयन गर्ने बताए ।
- मनसुन लगायतका विपद् प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गरिनेछ ।
काठमाडौँ । सरकारले कारागारलाई सुधार गृहको रूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दुवै सदनमा बजेट पेस गर्दै कारागारको सुदृढिकरण, क्षमता बिस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लाने घोषणा गरेका हुन् ।
मनसुन लगायत अन्य विपद् प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता पनि विकाश गरिने उनले बताए । अर्थमन्त्री वाग्लेले भने–‘विपद् पश्चातको राहत, क्षतिपूर्ति र पुननिर्माण लागी बिमा लगायत जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण