बजेटमाथि छलफल
प्रतिनिधि सभामा ३ दिनसम्म बजेटमाथि छलफल हुने
शुक्रबार, १५ जेठ २०८३, १८ : ५२
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको बजेटमाथि प्रतिनिधि सभामा ३ दिन छलफल हुने भएको छ ।
अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गरेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसमाथि छलफल गर्न ३ दिन समय तोकेका हुन् ।
सभामुख अर्यालका अनुसार जेठ १८, १९ र २० गते छलफल गर्ने र सांसदहरूले जवाफ दिने बताएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण