शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् सर्वाधिक बजेट पाउने ५ मन्त्रालय

शुक्रबार, १५ जेठ २०८३, १९ : ००
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद‍मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा विशेषगरी भौतिक विकास, शिक्षा, ऊर्जा र सुरक्षासँग जोडिएका मन्त्रालयहरूले सबैभन्दा ठुलो हिस्सा प्राप्त गरेका छन्। 

कुल मन्त्रालयगत विनियोजनमा सबैभन्दा धेरै बजेट पूर्वाधार विकास मन्त्रालयले पाएको छ। यस मन्त्रालयका लागि ३ खर्ब २ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको छ । 

यस्तै, दोस्रो धेरै बजेट पाउनेमा शिक्षा तथा खेलकुद मन्त्रालय रहेको छ। यो मन्त्रालयलाई २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको ‘इन्जिन का रूपमा विकास गर्ने लक्ष्य राखेको सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई तेस्रो धेरै बजेट दिएको छ। यस मन्त्रालयका लागि १ खर्ब १४ अर्ब २ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

गृह मन्त्रालयले चौथो ठुलो हिस्सा अर्थात् १ खर्ब ८ अर्ब ३२ करोड रुपैयाँ प्राप्त गरेको छ।  यसैगरी, पाँचौँ स्थानमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय रहेको छ । जसका लागि ९६ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप