बजेटबारे पूर्वअर्थमन्त्री पुनको प्रतिक्रिया : मध्यम वर्ग प्राथमिकतामा, तल्लो वर्गलाई उपेक्षा
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन्।
पुन वर्तमान संसद्मा एक मात्र पूर्वअर्थमन्त्री हुन् । बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले किसान, मजदुर, नवयुवा, तल्लो वर्ग र सुकुमबासीका लागि बजेटमा आशालाग्दा कार्यक्रम समावेश नगरिएको टिप्पणी गरे । बजेटमा राज्यका तर्फबाट रोजगारी सृजना गर्ने विषयलाई उपेक्षा गरिएको उनको भनाइ थियो।
‘समग्रमा मध्यम वर्ग केन्द्रित बजेट आएको छ । तल्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्’, पुनले भने, ‘मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुमबासीहरुका लागि कुनै सम्बोधन गरिएन । रोजगारी सृजना गर्ने वा स्वरोजगार बनाउने कार्यक्रम नै छैनन् । रोजगारी दिने जिम्मेवारी सबै निजी क्षेत्रको हो भनेर पन्छिन खोजेजस्तो देखिन्छ।’
पुनले सुनियो नेपाल टेलिकम र नेपाल वायु सेवाजस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा आलोचना गरे । ‘नाफामा चलिरहेका कम्पनीको शेयर बिक्री गर्ने भनेको निजीकरणतिर लानु हो, यो ठिक छैन’, पुनले भने।
सरकार नेतृत्वकर्ता रास्वपाले पुराना दलमाथि मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै आएको भन्दै बजेटको श्रोतका रूपमा आन्तरिक र वैदेशिक ऋण लिने विषय उल्लेख रहेको बताए । अर्थमन्त्री ४ खर्ब आन्तरिक र २ खर्बभन्दा बढी वैदेशिक ऋणबाट श्रोत जुटाउने योजनामा रहेको उनको भनाइ थियो ।
‘रास्वपाका साथीहरू स्थापित पार्टीहरूले ऋण बढी लिएर देश डुबाए, जनताको टाउकोमा ऋणको भारी थपे भन्नुहुन्थ्यो’, पुनले भने, ‘अर्थमन्त्रीले खर्ब ११ अर्ब आन्तरिक र २ खर्बभन्दा बढी बाह्य ऋण लिने कुरा गर्नुभएको छ ।’
पुनले आफूले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा समावेश गरेका गण्डकी त्रिभुजलाई चतुर्भुज, कर्णालीलाई जडिबुटीको हब बनाउने भनेकामा कर्णाली चुर्तुज तथा सुदूरपश्चिमलाई धार्मिक पर्यटन हब बनाउने योजनालाई धार्मिक चतुर्भुज नामाकरण गरी बजेटमा ल्याएकामा धन्यवाद दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण