सुर्तीजन्य वस्तुमा कर वृद्धि : भेपमा ५५ प्रतिशत, चुरोट बिँडीमा कति बढ्यो ?
सारांश
- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक मार्फत सुर्तीजन्य पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ ।
- विधेयक अनुसार चुरोट, बिँडी, खैनी, गुट्खा, सिगार, सिगारिलो, भेप, र निकोटिन युक्त अन्य उत्पादनहरूमा करको दर बढाइएको छ ।
- विद्युतीय चुरोट (भेप) मा अन्तःशुल्क ४० प्रतिशतबाट बढेर ५५ प्रतिशत पुगेको छ ।
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छ । गत वर्ष (२०८२) को तुलनामा चुरोट, बिँडी, खैनी, गुट्खा र विद्युतीय चुरोट (भेप) को करको दर बढाउँदै सरकारले सुर्तीजन्य पदार्थको उपभोग निरुत्साहित गर्ने र राजस्व बढाउने नीति लिएको छ ।
नयाँ विधेयक अनुसार चुरोटको लम्बाइका आधारमा करको दर बढाइएको छ । ७० मि.मि. सम्मको चुरोटमा प्रति हजार खिल्ली १७९२ रुपैयाँबाट बढाएर १८४५ रुपैयाँ पुर्याइएको छ भने ७० देखि ७५ मि.मि. सम्मको चुरोटमा २४९० रुपैयाँ कर तोकिएको छ । त्यसैगरी, ८५ मि.मि. भन्दा लामो चुरोटमा गत वर्षको ४४१० रुपैयाँबाट वृद्धि गरी ४५७८ रुपैयाँ कायम गरिएको छ । सिगार र सिगारिलोको हकमा पनि प्रति खिल्ली ३१ रुपैयाँबाट बढेर ३५ रुपैयाँ पुगेको छ, जसले गर्दा बजारमा चुरोटको मूल्य महँगिने निश्चित छ ।
यसपटक सरकारले विद्युतीय चुरोट अर्थात् भेपमा ५५ प्रतिशत पुर्याइएको छ । आर्थिक विधेयक २०८२ मा ४० प्रतिशत रहेको अन्तःशुल्कलाई १५ प्रतिशतले वृद्धि गरी आर्थिक विधेयक २०८३ मा ५५ प्रतिशत पुर्याइएको हो । भेपसँगै निकोटिन युक्त अन्य उत्पादनहरू जस्तै मुखबाट प्रयोग गरिने (ओरल) र छालाको माध्यमबाट प्रयोग गरिने निकोटिन प्याचहरूमा पनि करको दर ५५ प्रतिशत नै कायम गरिएको छ ।
खैनी, गुट्खा र जर्दामा पनि करको दर प्रति किलो ८८० रुपैयाँबाट बढेर ९०० रुपैयाँ पुगेको छ । हुक्का प्रेमीहरूका लागि पनि हुक्का फ्लेभरमा प्रति किलो १५०० बाट बढेर १६०० रुपैयाँ कर पुर्याइएको छ । ग्रामीण क्षेत्रमा लोकप्रिय बिँडीमा प्रति हजार खिल्ली कर १०० रुपैयाँ पुगेको छ, जुन गत वर्ष ९६ रुपैयाँ मात्र थियो । यद्यपि, कच्चा सुर्ती र सुर्तीको अवशेषमा भने सरकारले प्रति किलो १३० रुपैयाँको पुरानै दरलाई यथावत् राखेको छ ।
तयारी बिँडीमा प्रति हजार खिल्ली ९६ रुपैयाँबाट बढाएर १०० रुपैयाँ पुर्याइएको छ । चुरोट र बिँडी बनाउन प्रयोग हुने प्रशोधित सुर्तीमा प्रति किलो १० रुपैयाँ बढाएर ३६० रुपैयाँ कायम गरिएको छ । सबै सुर्तीजन्य वस्तुमा कर बढाइए पनि कच्चा सुर्ती (डाँठ नछुट्याइएको वा सुर्तीको अवशेष) मा भने गत वर्षकै दर अर्थात् प्रति किलो १३० रुपैयाँ नै कायम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण