भारतबाट उद्धार गरिएका ४५३ नेपाली बेलहिया नाका हुँदै स्वदेश फिर्ता
सारांश
- भारतको कुशीनगरबाट उद्धार गरिएका ४५३ नेपाली बेलहिया नाका हुँदै स्वदेश फर्काइएका छन्।
- भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको हो।
- उद्धार गरिएका नेपालीहरूलाई भैरहवा ल्याई विवरण सङ्कलन तथा स्क्रिनिङ प्रक्रिया सुरु गरिएको छ।
बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ।
भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकाहरूलाई भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएको प्रहरीले जनाएको छ। रूपन्देहीका प्रहरी प्रमुख (एसपी) जनकबहादुर शाहीका अनुसार भारतीय राजदूतावासको समन्वय तथा एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ। आठवटा भारतीय बसमा राखेर नेपाल ल्याइएका उनीहरूको विवरण सङ्कलन तथा स्क्रिनिङ प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएकामध्ये करिब आधा सङ्ख्या महिलाको रहेको एसपी शाहीले रातोपाटीलाई बताए। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत पुर्याई बन्दक बनाइएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ।
आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाएर घर पठाइने प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण