इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित : संयुक्त राष्ट्रसङ्घ
काठमाडाैँ। दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपत्कालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा गम्भीर अवरोध सिर्जना भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालयका अनुसार, बिहीबार दक्षिणी लेबनानको नाबाटिये क्षेत्रमा भएको आक्रमणले मार्जायौन जिल्लाको एक प्रमुख सडकमा क्षति पुर्याएको छ । उक्त सडक घाइतेहरूको उद्धार, राहतकर्मीहरूको आवतजावत तथा सर्वसाधारणलाई अत्यावश्यक वस्तु तथा सेवामा पहुँच पुर्याउन महत्वपूर्ण मानिन्छ ।
स्थानीय स्रोतहरूका अनुसार, दक्षिणी क्षेत्रको माराकाह नगरपालिकामा भएको छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै, अल–बस प्यालेस्टिनी शरणार्थी शिविरमा तीन जनाको ज्यान गएको र करिब ३७ जना घाइते भएका छन् ।
बारम्बार जारी गरिएका विस्थापन आदेशका कारण धेरै परिवारहरू घर छोड्न बाध्य भएका छन्। सुरक्षा अवस्था परिवर्तन भइरहँदा उनीहरू पुनः फर्किने र फेरि विस्थापित हुने अवस्था दोहोरिएको छ । टायर सहरका आश्रयस्थलहरू भरिइसकेको बताइएको छ भने धेरै विस्थापित परिवारहरू उत्तरतर्फ सर्न थालेका छन् ।
संयुक्त राष्ट्रसङ्घले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि आफ्ना साझेदार संस्थामार्फत देशभर जीवनरक्षक सहायता उपलब्ध गराइरहेको जनाएको छ । मार्च २ यता विश्व खाद्य कार्यक्रम र साझेदार संस्थाहरूले द्वन्द्व प्रभावित समुदायलाई एक करोड १० लाखभन्दा बढी तातो तथा चिसो भोजन वितरण गरेका छन् ।
साथै, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय र साझेदारहरूले विस्थापित परिवारलाई एक लाख ७० हजारभन्दा बढी कम्बल र एक लाख ३० हजार गद्दा उपलब्ध गराएका छन् ।
लेबनानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक इमरान रिजाले देशभर बढ्दो हिंसा र विस्थापन आदेशका कारण समुदायहरूमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले विस्थापन आदेश जारी भएका क्षेत्रबाट भाग्ने क्रममा सर्वसाधारण पनि हवाई आक्रमणको सिकार बनेको जानकारी प्राप्त भएको बताए ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, लेबनानी सरकारी तथ्याङ्कले मार्च २ यता कम्तीमा ३ हजार ३५५ जनाको मृत्यु भएको र १० हजार ९५ जना घाइते भएको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण