प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको शव परिवारले बुझे
काठमाडौं - काँडाघारीबाट अपहरण गरिएका बालक निशान खड्काको हत्या गरेपछि प्रहरीसँग मुठभेड हुँदा इन्काउन्टरमा मारिएका भनिएका दुई अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइएको छ ।
शुक्रवार साँझ अबेर परिवारसँगको सहमतिपछि पोष्टमार्टम गरिएको नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको शव परिवारको जिम्मा लगाईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले रातोपाटीलाई जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमा अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गोपालको शरीरबाट ३ ओटा गोली निकालेका छन् । ११ वटा गोली लागेको गोपालको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ ।
त्यस्तै अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोष्टमार्टमा रिपोर्टमा उल्लेख छ ।
महानगरीय अपराध महाशाखाले अपहरणकारीसँगको मुठभेडका क्रममा १९ राउण्ड गोली चलेको बताउँदै आएको छ ।
शुक्रवार करिब १२ बजे पोष्टमार्टमपछि शव जिम्मा लिएका अजय तामाङका आफन्तले दाहसंस्कारका लागी नुवाकोट लगेको बताईएको छ ।
सिन्धुपाल्चोकका गोपाल तामाङका परिवारले पनि शव बुझिसकेको र शनिबार काठमाडौंमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचार शीर्षक
निशान हत्या : के थियो अपहरणकारी र एसएसपी बीचको एसएमएस प्रकरण ?
निशान हत्या : चमेलीसँग २ करोड मागेका अपहरणकारी किन ४० लाखमा झरे ?
| बालक अपहरणपछि हत्या प्रकरणः सांसदले प्रश्न उठाए, गृहमन्त्रीसँग जवाफ माग |
| यसरी भयो निशानको अपहरण, यसरी मारिए अपहरणकारी (अपहरणदेखि इन्काउण्टरसम्मको नालीबेली) |
अपहरणकारी मारिएको ठाउँमा पुग्दा जे देखियो (फोटोफिचर)
निशानका अपहरणकारीले के भनेका थिए फोन गरेर ? छिमेकी जागृति भण्डारीको बयान (भिडियोसहित )
काँडाघारी अपहरण प्रकरण : मेस्सी र आर्यनका फ्यान थिए निशान (फोटो)
बालक अपहरणकारी तामाङद्वयको प्रहरी इन्काउन्टरमा मृत्यु (भिडियोसहित)
अपहरित बालकको हत्या, प्रहरीसँगको भिडन्तमा २ अपहरणकारी मारिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण