भ्रष्टाचार र बेथिति हटाउन सरकार तत्पर छ : प्रधानमन्त्री
आइतबार, १७ जेठ २०८३, १४ : १५
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् ।
- उनले पहिलो वर्ष सुशासनको वर्षका रूपमा लिएको र बेथिति हटाउने तथा भ्रष्टाचार निर्मूल गर्न सरकार तत्पर रहेको बताए ।
- उनले यसो भन्दैमा विकास नै रोकिने भन्ने नहुने स्पष्ट पारे ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष रास्वपाकै सांसद कवीन्द्र बुर्लाकोटीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
‘हामीले पहिलो वर्ष सुशासनको वर्षका रूपमा लिएका छौँ । तर यसो भन्दैमा विकास नै नगर्ने भन्ने होइन’, प्रधानमन्त्रीले भने, ‘बेथिति हटाउने, भ्रष्टाचार निर्मूल गर्न सरकार र हाम्रो पार्टी तत्पर छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण