खुर्सानीको धुलो छर्केर लुट्ने गणेश कार्की पूर्व प्रहरी भएकाे खुलासा
सारांश
- काठमाडौँको जडिबुटीमा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको 'लुटेरा' पूर्व प्रहरी गणेश कार्की भएको खुलेको छ ।
- नियन्त्रणमा लिने क्रममा कार्कीले प्रहरीमाथि खुर्सानीको धुलो छर्केर खुकुरी प्रहारको प्रयास गरेका थिए ।
- कार्की डाँकाचोरी मुद्दामा जेल परेका थिए र २०६४ देखि अपराधमा संलग्न थिए ।
काठमाडौँ । काठमाडौँको जडिबुटीमा गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको ‘लुटेरा’ पूर्व प्रहरी भएको खुलेको छ । शनिबार साँझ प्रहरीले गोली प्रहार गरेर बुढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्कीलाई पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिन खोज्दा आरोपीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई नै आँखामा खुर्सानीको धुलो छर्केर खुकुरी प्रहार गर्न खोजेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दाबी गरे ।
यसअघि उनलाई प्रहरीले काठमाडौँको कपनमा पक्राउ गर्न खोजेको थियो । त्यसबेला प्रहरीको आँखामा धुलो हालेर उनी उम्किन सफल भएका थिए । एसपी भट्टराई भन्छन्, ‘उनले यसअघि पनि प्रहरीलाई आँखामा धुलो हालेर भागेका थिए ।’
आरोपी पूर्व प्रहरी हुन् । २०६१ मा जवानमा भर्ना भएका उनले २०६४ मा जागिर छाडेका थिए । जेठ १६ मा सुकेधारामा एक जना महिलाको आँखामा खुर्सानीको धुलो हालेर सुनको सिक्री लुटेर भागेको सूचना आएपछि प्रहरीले उनलाई पछ्याएको थियो । लुटपाटमा संलग्न इलाम घर भएर विभिन्न धर्मशालामा बस्ने ३१ वर्षीय विष्णु गुरुङलाई प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएर कार्कीलाई पछ्याएको थियो । साँझ कार्की र प्रहरीको बिचमा जम्काभेट भयो ।
गोली प्रहारबाट घाइते भएका कार्की जेनजी आन्दोलन हुँदा भदौ २४ मा केन्द्रीय कारागारबाट भागेका थिए । उनी डाँकाचोरी मुद्दामा जेल परेका थिए ।
कारागारबाट भागेपछि मात्रै उनी १० वटा अपराधमा संलग्न भएको प्रहरीको अपराध अभिलेख प्रणालीमा देखिएको छ । यसअघि उनी विरुद्ध अभद्र व्यवहार, कर्तव्य ज्यान, हातहतियार खरखजाना र डाँकाचोरी मुद्दामा ५ पटक मुद्दा चलेको भेटिएको छ । २०६४ देखी नै उनी अपराधमा संलग्न थिए ।
प्रहरीले प्रहार गरेको गोली उनको बायाँ खुट्टामा लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । प्रहरीका अनुसार २०८२ भदौ २४ पछि उनी संलग्न अपराध यस्ता छन् ः
- –कपनमा प्रहरीमाथि धुलो खुर्सानी फालेर आक्रमण
- २०८२ असोज ७ मा गौशालामा बिजुली पसलमा लुटपाट
- २०८२ माघ ११ मा गौशालामा विदेश जान लागेका व्यक्तिको ५ हजार नगद र मोबाइल लुटपाट
- २०८२ चैतमा शान्तिनगरबाट मोबाइल लुटपाट
- २०८२ फागुनमा तिलगंगामा प्रहरी हुँ भनेर लागुऔषध र नगद लुटपाट
- पशुपति मन्दिर आसपासमा साँझपख प्रहरी हुँ भनी विभिन्न व्यक्तिहरूबाट लुटपाट गर्ने गरेको
- जोरपाटी क्षेत्रमा प्रहरी हुँ भनी लागुऔषध लुटपाट गरेको
- सुन्दरीजल पार्किङबाट स्कुटर चोरी गरेको
- प्रहरी हुँ भनी लागुऔषध दुर्व्यसनी लुटपाट गर्ने गरेको
- विदेश जाने व्यक्तिहरूलाई एयरपोर्ट आसपासमा लुटपाट गर्ने गरेको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण