आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित

आइतबार, १७ जेठ २०८३, २० : ०६
आइतबार, १७ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय सद्भावना पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ ।

देश र मधेसका शोषित, पीडित तथा उपेक्षित वर्ग र समुदायको हकहितका लागि संघर्षरत राष्ट्रिय सद्भावना पार्टीले आफ्नो सम्पूर्ण सांगठनिक संरचना र सदस्यतासहित कांग्रेसमा विलय हुने निर्णय गरेको हो । 

मुलुकमा लोकतान्त्रिक संघीय गणतन्त्रमाथि भइरहेका प्रहार र चुनौतीलाई ध्यानमा राख्दै राष्ट्रिय एकता र जनअधिकारको रक्षाका लागि एकजुट हुनुपर्ने आवश्यकता महसुस गरी उक्त निर्णय लिइएको नेपाली कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पार्टीको यो कदमले लोकतान्त्रिक शक्तिलाई थप बलियो बनाउने विश्वास लिइएको छ ।

समायोजन प्रक्रियालाई अन्तिम रूप दिन नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र राष्ट्रिय सद्भावना पार्टीका तर्फबाट अनिलकुमार झा रहेको कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले पार्टीको सांगठनिक समायोजनका लागि आवश्यक व्यवस्थापनको काम गर्ने कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप