आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

प्रतिनिधिसभाबाट पारित भयो मतदाता नामावली विधेयक

आइतबार, १७ जेठ २०८३, २२ : २२
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रतिनिधिसभाबाट मतदाता नामावली विधेयक पहिलो संशोधन २०८२ बहुमतले पारित भएको छ।
  • राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर आएको उक्त विधेयक पारित गर्ने क्रममा विपक्षी दलहरूले बेल घेराउ गरेका थिए।
  • सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको बलमा विधेयक पारित गरेका हुन् ।

काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट मतदाता नामावली विधेयक पहिलो संशोधन २०८२ पारित भएको छ। राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर आएको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो। 

विधेयक पारित गर्ने बेलामा विपक्षी दलहरू नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बेल घेराउ गरेका थिए। तथापि सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको जोडबलमा विधेयक पारित गरेका हुन् । 

अब यो विधेयक सभामुख अर्यालले प्रमाणित गरेपछि राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप