संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
सोमबार, १८ जेठ २०८३, ०६ : ०७
सारांश
- सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
- सोमबार दिउँसो १ बजे बस्ने बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
- अर्थ मन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल सुरु हुनेछ ।
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको १:०० बजे बस्ने सोह्रौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल सुरु हुने सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण