‘काजी’ र ‘मितज्यू’ ले कति गरे आम्दानी ?
सोमबार, १८ जेठ २०८३, १६ : ०२
काठमाडौँ । चलचित्र ‘काजी’ र ‘मितज्यू’ले बक्स अफिसमा अपेक्षाकृत व्यवसाय गर्न सकेनन् ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबार राति १२ बजेसम्मको बक्स अफिस रिपोर्टमा ‘काजी’को आम्दानी ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस छ । अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनित यो चलचित्र सो अवधिमा १३ हजार ७ जनाले हेरेका थिए ।
चलचित्र ‘काजी’ गत ८ जेठदेखि प्रदर्शनमा आएको हो।
सोही मितिदेखि प्रदर्शन भएको अर्को चलचित्र ‘मितज्यू’ले घरेलु बक्स अफिसमा १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
यो अवधिसम्म चलचित्र ‘मितज्यू’लाई ४१ हजार २४८ जनाले हेरेका छन् । ‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल, टेरिया मगरलगायतको अभिनय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण