सडक सुरक्षा एउटा निकायको प्रयासले सम्भव हुँदैन : आईजीपी कार्की
काठमाडौँ । आईजीपी दान बहादुर कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले साेमबार आयोजना गरेको ‘इन्टिग्रेटेड ट्राफिक मेनेजमेन्ट सिस्टम’ सम्बन्धी एक दिवसीय कार्यशालामा बोल्दै कार्कीले भने, ‘सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भिरतापूर्वक लिएर उच्चस्तरको समन्वय गरेपछि मात्र सडकको यात्रालाई सुरक्षित बनाउन सकिन्छ ।’
वैज्ञानिक ट्राफिक व्यवस्थापन र सड्क सुरक्षालाई थप व्यवस्थित बनाउन प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको कार्कीले बताए । आईजीपी कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रकाशन गरेको ट्राफिक पुलिस मिरर–२०२६ को लोकार्पण गरेका छन् । मिरर प्रकाशनमा सहयोग गर्नेहरूलाई उनले सम्मान गरे ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सड्क सुरक्षाबारे सरोकारवाला निकायहरूसँग कसरी समन्वय गर्ने र वैज्ञानिक ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्नेबारे सोमबार एकदिवसीय कार्यशाला आयोजना गरेको हो । कार्यशालाको उद्घाटन पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण