निजी क्षेत्रका प्रतिनिधिलाई राज्यले जघन्य अपराधीसरह व्यवहार गर्नु हुँदैनः राणा
सारांश
- पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले निजी क्षेत्रको आत्मविश्वास नबढे प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित नहुने बताएका छन् ।
- उनले जघन्य अपराधीसरह निजी क्षेत्रका प्रतिनिधिलाई व्यवहार गरिने प्रवृत्तिले लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए ।
- उनले नेपालको औद्योगिक क्षेत्रको योगदान जीडीपीमा करिव ५.४ प्रतिशत मात्र रहेको र वर्तमान बजेट सेवा क्षेत्रमा बढी केन्द्रित भएको उल्लेख गरे ।
काठमाडौँ । पूर्वअर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले निजी क्षेत्रको आत्मविश्वास नबढे प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित नहुने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा जघन्य अपराधीसरह निजी क्षेत्रका प्रतिनिधिलाई व्यवहार गरिने प्रवृत्तिले लगानीकर्तामा नकारात्मक सन्देश जाने बताउँदै मुलुकमा लगानीमैत्री वातावरण बनाउन सरकारले निजी क्षेत्रलाई गर्ने व्यवहार सुधार्नुपर्ने बताए । एउटा अग्रणी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राष्ट्र बैंकको निर्देशनअनुसार खराब कर्जा उठाउने प्रयास गरिरहँदा उनीमाथि भएको कारबाहीप्रति संकेत गर्दै राणाले गल्ती भएको भए पहिले सोधपुछ वा राहदानी रोक्का गर्न सकिने भएपनि राज्यले जघन्य अपराधी सरहको व्यवहार गरेको बताए ।
उनकाअनुसार बजेट भाषणमा जति राम्रो कुरा गरिए पनि व्यवहारमा ठिक उल्टो अवस्था देखियो भने निजी क्षेत्रको कन्फिडेन्स आउँदैन । राणाले सरकारले नीति स्थायित्वको कुरा गरिरहे पनि व्यवहारमा त्यसको विपरित गतिविधि देखिएको टिप्पणी गरे । केही दिनअघि व्यावसायिक सवारीसाधनको दर्ता किन रोकियो भन्ने स्पष्ट जानकारी नदिइएको उल्लेख गर्दै उनले नीतिगत स्थिरताका प्रतिवद्धतामाथि प्रश्न उठ्ने बताए ।
उनले विदेशी लगानी आकर्षित गर्ने विषय भाषण र बजेटमा सीमित हुन नहुने बताए ।
राणाले नेपालको औद्योगिक क्षेत्रको योगदान जीडीपीमा करिव ५।४ प्रतिशत मात्र रहेको उल्लेख गर्दै वर्तमान बजेट सेवा क्षेत्रमा बढी केन्द्रित भएको र औद्योगिक क्षेत्र अपेक्षाकृत उपेक्षित भएको दाबी गरे। यसले वैदेशिक लगानीलाई प्रोत्साहनभन्दा निरुत्साहित गर्ने सम्भावना रहेको उनको भनाइ थियो ।
उनले बजेटमा धेरै परिवर्तन आएको दाबी गरिए पनि अघिल्लो वर्षको बजेटसँग तुलना गर्दा ठूलो भिन्नता छैन । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने तथा नेपाल विद्युत प्राधिकरणलाई पुनर्संरचना गर्ने जस्ता विषय नयाँ नभई पुरानै एजेण्डा रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण