‘प्रधानमन्त्रीले नेपालले सीमा मिचेको भन्नुभएको होइन, अर्को पक्षले दाबी गर्दा अचम्ममा पर्नुभएको हो’
सारांश
- सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको प्रस्टीकरण दिएका छन्।
- प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिच्यो भन्नुभएको नभई, सीमा विवाद सम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको कुरा आएपछि प्रधानमन्त्री अचम्ममा परेको कुरा मात्र सदनमा राखेको दाबी गरे।
- उनले सीमा विवाद कूटनीतिक वार्ता र पुरानै संयन्त्रमार्फत समाधान हुने तथा यस विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको स्मरण गराए।
काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको प्रस्टीकरण दिएका छन्। भारतसँगको सीमा विवाद कूटनीतिक वार्ता र पुरानै संयन्त्रमार्फत समाधान हुने उनले प्रस्ट पारेका छन्।
सदनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले उठाइरहेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको बचाउ गरे। सीमा विवाद सम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको कुरा आएपछि प्रधानमन्त्री अचम्ममा परेको कुरा मात्र सदनमा राखेको उनले दाबी गरे। मन्त्रिपरिषद् बैठकपछि पोखरेलले भने, ‘प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिच्यो भन्नुभएको होइन, यस्तो कुरा आउँदा आफू अचम्ममा परेको मात्र बताउनुभएको हो।’
यस विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको उनले स्मरण गराए। भूमि सम्बन्धी सीमा विवाद मिलाउन दुई देशबिच पहिलेदेखि नै विभिन्न संयन्त्र निर्माण भएको र तिनै संयन्त्रमार्फत काम भइरहेको पोखरेलले बताए। कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको भूमि नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको भूमि भारतमा पर्न सक्ने कुरा तिनै संयन्त्रहरुबाट आएको उनको भनाइ छ।
सीमा विवाद सुल्झाउन नेपाल र भारत दुवैले एकअर्कालाई ‘डिप्लोमेटिक नोट’ पठाएको जानकारी दिँदै उनले दुई देश बसेर टेबल टक मार्फत विवाद मिलाउने प्रधानमन्त्रीको भनाइ रहेको उद्धृत गरे। जति पनि आवश्यक कुरा छन्, ती कूटनीतिक तरिकाबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइसकेको पोखरेलले बताए।
विपक्षीको मागअनुसार प्रधानमन्त्रीले सदनमा आएर थप प्रस्ट पार्ने या नपार्ने भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता पोखरेलले प्रधानमन्त्री सदनप्रति पूर्ण रुपमा उत्तरदायी रहेको बताए। यसअघि पनि सदनमा आएर जवाफ दिएको र आवश्यकता पर्दा प्रधानमन्त्री फेरि सदनमा आएर उत्तर दिने उनले प्रस्ट पारे।
यसैगरी, मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनबारे सोधिएको प्रश्नमा उनले उक्त प्रतिवेदन सरकारलाई औपचारिक रुपमा प्राप्त भएपछि मात्र त्यसउपर थप कारबाही अगाडि बढ्ने जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त, उपनिर्वाचन अनिश्चित
-
शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल
-
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
-
राजस्थान रोयल्स सेटलमेन्ट विवादमा राज कुन्द्रालाई झट्का, लन्डन उच्च अदालतद्वारा ५० लाख डलर फिर्ता गर्न आदेश
-
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
-
फेसबुकमा प्राविधिक समस्या, लगइन गर्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण