बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘लज्जावती’ साउन २९ मा रिलिज हुने

मङ्गलबार, १९ जेठ २०८३, १४ : २६
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
  • फिल्मको छायांकन ४५ दिनमा सकिएको छ र यसलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।
  • मुकुन भुषाल, श्री कृष्ण निरौला, मेनुका माझी लगायतका कलाकारहरुले यस फिल्ममा अभिनय गरेका छन् ।

काठमाडौँ । राजबहादुर सानेको निर्देशन रहेको फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको छायांकन ४५ दिनमा सकिएको छ ।

आहा फिल्मस्को ब्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ ।

फिल्ममा मुकुन भुषाल, श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरि खड्का, बिनोद श्रेष्ठ, दीपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय छ ।

तारा थापा ‘किम्भे’को सम्पादन रहने फिल्मको द्वन्द्व देव महर्जनले दिएका छन् । फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप