आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले संसद्‌मा माफी नमाग्दासम्म सदन चल्न दिँदैनौँ : कांग्रेस

मङ्गलबार, १९ जेठ २०८३, १५ : ४०
मङ्गलबार, १९ जेठ २०८३

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा माफी नमाग्दासम्म प्रतिनिधि सभा बैठक चल्न नदिने बताएको छ ।

प्रतिनिधि सभाको आजको बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख अर्यालले कांग्रेसका संसदीय दलका उपनेता अभिशेकप्रताप शाहलाई बोल्न समय दिए । 

शाहले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको भूमि नेपालले मिचेको भन्ने अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेको बताए । उनले प्रधानमन्त्रीले नसम्झेर दिएको अभिव्यक्ति झुक्किएर दिएको हो कि जानीजानी दिएको हो भन्ने पहिला सदनलाई प्रष्टीकरण दिनुपर्ने बताए ।

 त्यो भनाई जेठ १७ गतेजस्तै सदनमा आएर फिर्ता लिने र माफी माग्नुपर्ने आफूहरूको माग रहेको शाहले बताए । त्यो नभएसम्म कांग्रेसले प्रतिनिधि सभा बैठक चल्न नदिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप