सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजानु : ओली
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन् ।
- अध्यक्ष ओलीले भदौको विध्वंसकारी आन्दोलनपछि एमालेका नेता कार्यकर्ताले अराजकताका विरुद्ध बोल्न थालेको बताए ।
- ओलीले सम्पत्ति शुद्धीकरण आयोगलाई समेत आफूले बयान नदिने र छानबिन गर्ने भए खरानी उठाएर लैजान चुनौती दिए ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन् । काठमाडौँमा आजबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताउँदै उत्ताउलोपन लामो समय नटिक्ने बताए ।
सरकार अराजक शैलीमा प्रस्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा लामो समय नटिक्ने बताए । ‘अराजकता केही दिनको पाहुना हो । लामो समय चल्दैन’ अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले भदौको विध्वंसकारी आन्दोलनपछि कुनै पनि राजनीतिक दलका कार्यकर्ता बोल्न सक्ने अवस्था नरहेको बेला एमालेका नेता कार्यकर्ता त्यस अराजकताका विरुद्ध बोल्न थालेको बताए ।
‘भदौ २४ पछि अराजकता र हिंसाको डरले कोही पनि बोल्न सकेका थिएनन् ’ अध्यक्ष ओलीले भने ‘त्यतिबेला एमालेका नेता कार्यकर्ता वडा वडाबाट बोले । जसले अरू पार्टीलाई पनि मुख खोल्ने ठाउँ बनाइदिए । त्यसैले म एमालेका सबै कमरेडहरूलाई धन्यवाद दिन्छु ।’
गत फागुनको निर्वाचन तमासा मात्र भएको अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको पनि बताएका छन् । तर आयोगले बयान दिएको भनेर छापेको भन्दै त्यो आयोगले आफ्नो इज्जतका गरेको हुनसक्ने बताए । अध्यक्ष ओलीले सम्पत्ति शुद्धीकरण आयोगलाई समेत आफूले बयान नदिने पनि बताएका छन् ।
‘यो राज्यद्रोह हो, विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’ आगो लगाएर खरानी बनाएर पुगेन सम्पत्ति विवरण ? ओलीले आक्रोशित हुँदै भने ‘के को सम्पत्ति विवरण छानबिन गर्ने भए खरानी उठाएर लैजानु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण