फिल्म ‘स्त्री’ मङ्सिरमा प्रदर्शनमा आउने
सारांश
- चलचित्र ‘स्त्री’ आगामी मङ्सिर ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
- समीर राईको निर्माण र जीवन शाहीको निर्देशनमा तयार भएको यो चलचित्र सस्पेन्स थ्रीलर कथामा बनेको अनुमान छ ।
- दीपाश्री निरौला, प्रमोद अग्रहरी, सलोन बस्नेत, नम्रता श्रेष्ठ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
काठमाडौँ । चलचित्र ‘स्त्री’ आगामी मङ्सिरको ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण सम्पन्न भएसँगै निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
समीर राईको निर्माणमा तयार भएको यो चलचित्रलाई जीवन शाहीले निर्देशन गरेका हुन् । टौवा क्रियशनले तयार पारेको यो चलचित्रको पोस्टरमा चलचित्रका अधिकांश कलाकारहरूको फरक–फरक अवतार देख्न सकिन्छ ।
चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ । सार्वजनिक पोस्टरमा कलाकारहरूको आ–आफ्नै खालको मुड देख्न सकिन्छ । पोस्टरको पृष्ठभूमिमा रातो रङ्ग प्रयोग गरिएको छ ।
यसले, पनि चलचित्र सस्पेन्स थ्रीलर कथामा बनेको अनुमान लगाउन सकिन्छ । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले नेपालमा वितरण गर्नेछन् । चलचित्रमा सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतका कलाकारहरूको अभिनय छ ।
चलचित्रमा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको सङ्गीत, देव महर्जन र शङ्कर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन, एलिस कार्कीको बीजीएम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण