मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालटारमा ट्याक्सीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

बुधबार, २० जेठ २०८३, २२ : १४
बुधबार, २० जेठ २०८३

सारांश

  • काठमाडौँको नेपालटारमा ट्याक्सीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।
  • बुधबार साढे ४ बजेतिर फुटुङबाट ज्ञानभूमि स्कुलतर्फ जाँदै गरेको ट्याक्सीले सडकमा हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।
  • प्रहरीले लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा ट्याक्सी चालकलाई पक्राउ गरेको छ ।

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित नेपालटारमा ट्याक्सीको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ वर्षीय स्पर्स बानियाँ छन् ।

बुधबार साढे ४ बजेतिर फुटुङबाट ज्ञानभूमि स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको  ट्याक्सीले ठक्कर दिँदा बालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

सडकमा हिँडिरहेका बालकलाई ठक्कर दिएपछि बसुन्धारास्थित इसान बाल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा ५ बजे उनको मृत्यु भएको हो ।

ट्याक्सी चालक ललितपुरको महालक्ष्मी नगरपालिका–५ घर भएका २९ वर्षीय सौगात श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनले लापरबाहीपूर्वक सवारी चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप