स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत मिस्टर स्कट अर्बोमबिच औपचारिक शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार भेटवार्ताका क्रममा नेपाल र अमेरिकाबिच रहिआएको घनिष्ठ सम्बन्धका साथै लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुँदै आएको द्विपक्षीय सहयोग र सहकार्यका विविध पक्षमा गहन छलफल भएको थियो ।
सो अवसरमा कार्यवाहक राजदूत अर्बोमले अमेरिकी सरकारले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरू पहिचान गरी आगामी दिनमा पनि आफ्नो सहयोगलाई निरन्तरता दिने बलियो प्रतिबद्धता व्यक्त गरे ।
भेटघाटका क्रममा मन्त्री मेहताले नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै सोही कार्ययोजना अनुरूप नै आगामी आपसी सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन्।
संवादका क्रममा अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न स्वास्थ्य परियोजनाहरू, विशेष गरी एचआईभी/एड्सको नियन्त्रण तथा रोकथाम, स्वास्थ्य डिजिटलाइजेसन, टेलिमेडिसिन, ग्लोबल हेल्थ सेक्युरिटी एवं ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणलगायतका प्राविधिक तथा रणनीतिक विषयहरूमा समेत विस्तृत समीक्षा र छलफल भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण