औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
शुक्रबार, २९ जेठ २०८३, २० : ४६
सारांश
- स्पेसएक्स मेरिकी स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ।
- यो सूचीकरण विश्व इतिहासकै सबैभन्दा ठूलो इनिसियल पब्लिक अफरिङ भएको छ।
- यस सूचीकरणले संस्थापक एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर बन्ने निश्चित भएको छ।
काठमाडाैँ। एलन मस्कको कम्पनी 'स्पेसएक्स' मेरिकी स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ।
यो सूचीकरण विश्व इतिहासकै सबैभन्दा ठूलो 'इनिसियल पब्लिक अफरिङ' भएको बीबीसीले शुक्रबार समाचारमा उल्लेख गरेको छ ।
जसले कम्पनीका संस्थापक एलन मस्क विश्वको पहिलो 'ट्रिलियनेयर'बन्ने निश्चित भएको समाचारमा उल्लेख छ ।
स्पेसएक्सले प्रतिसेयर १३५ डलरका दरले ७५ अर्ब डलर पुँजी परिचालन गर्ने लक्ष्य राखेको छ। यो परिमाण सन् २०१९ मा साउदी तेल कम्पनी अराम्कोले राखेको २५.६ अर्ब डलरको कीर्तिमानभन्दा झन्डै तेब्बर बढी भएको समाचारमा उल्लेख छ ।
बजारमा कम्पनीको सेयर प्रतिकित्ता १७१ डलरसम्ममा कारोबार हुने अपेक्षा गरिएको छ । जसले कम्पनीको कुल बजार मूल्याङ्कन २.२ ट्रिलियन डलर पुर्याउने अनुमान गरिएको छ। मस्कले यस कम्पनीमा ८० प्रतिशतभन्दा बढी हिस्सा राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
-
क्यानडा र बोस्निया–हर्जगोभिनाबिचको खेल सुरु
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण