दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
दोलखा। दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको हो ।
सो दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका अन्दाजी २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थामी गम्भीर घाइते भएका छन् ।
चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र. ०२–०६२ प. ८४८६ नम्बरको मोटरसाइकल र विपरीत दिशा चरिकोटतर्फ आउँदै गरेको बा.८० प. ७९७३ नम्बरको मोटरसाइकल ठोक्किँदा सो घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
घाइते दुवै जनालाई धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका श्रेष्ठको शव चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
पहिलो हाफमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण