ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
सारांश
- सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिँदा 'त्यो पर्दैन' भनेर पन्छाएको विषयमा परेको रिट खारेज गरेको छ ।
- वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले दायर गरेका सात वटा रिटलाई सर्वोच्चले औचित्यहीन ठहर गर्दै पाँच वर्षपछि खारेज गरेको हो ।
- ओलीले शपथको भाषामा 'प्रतिज्ञा गर्छु' भन्ने वाक्यांशलाई 'त्यो पर्दैन' भनेपछि विवाद भएको थियो र त्यसपछि सरकारले शपथसम्बन्धी अध्यादेश ल्याएर उक्त शब्द हटाएको थियो ।
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश वाचन गर्न नमानी ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।
वरिष्ठ अधिवक्तात्रय दिनेश त्रिपाठी, डा.चन्द्रकान्त ज्ञवाली र राजकुमार सुवाल तथा अधिवक्ताहरू नवराज अधिकारी, सन्तोष भण्डारी, लोकेन्द्रबहादुर ओली र सीता श्रेष्ठले भिन्नाभिन्नै रूपमा दिएका सात वटा रिट औचित्यहीन भएको ठहर गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पाँच वर्षपछि खारेज गरेको हो ।
तत्कालीन प्रधानमन्त्री ओलीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिँदा शपथको भाषामा ‘त्यो पर्दैन’ भनेको विषय विवादमा परेको थियो । ०७८ वैशाख ३१ गते प्रधानमन्त्रीको शपथ लिने क्रममा ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्यांशलाई ‘त्यो पर्दैन’ भनेपछि सडकदेखि संसद्सम्म विरोध र आलोचना भएको थियो ।
ओलीको शपथ विवादमा परेपछि शपथ बदर गरी पुनः कानुनी ढाँचाअनुरूप शपथ लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । नेपालको संविधानको धारा ८० को शपथसम्बन्धी व्यवस्थाको अनादर भएको रिटमा जिकिर गरिएको थियो ।
शपथमा प्रतिज्ञा गर्दछु भन्ने विषयमा विवाद भएपछि ओलीले शपथसम्बन्धी अध्यादेश ल्याएर ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द हटाएका थिए । त्यतिबेला विवाद र आलोचनापछि ओली नेतृत्वको सरकारले ‘शपथसम्बन्धी अध्यादेश, २०७८’ जारी गरेको थियो ।
अध्यादेशको दफा ३ उपदफा (२) मा शपथसम्बन्धी ढाँचाको व्यवस्था हेरफेर गर्दै भनिएको थियो, ‘‘म........नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि......।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण