गजल ‘माया’ लिएर आए शिव परियार
नसोच्नु म हारेर हार्नेछ माया
कसै न कसैले सिंगार्नेछ माया
गायक शिव परियारले गाएको नयाँ गजल ‘माया’का शब्द हुन् यी । सुगम संगीत, गजल र पार्श्व गायन सबैमा अब्बल गायक शिवले धेरैपछि सार्वजनिक गरेको गजलमा नृपेश उप्रेतीको शब्द रचना र केशव पौडेलको संगीत छ । पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका हुन् ।
प्रेममा समर्पणको भाव व्यक्त गर्ने यो गजल ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ गरेका हुन् भने किशोर थापाले मिक्सिङ गरेका छन् । लिरिकल भिडियो सार्वजनिक गरिएको गजलको भिडियो सम्पादन ठाकुर सुवेदी ‘विश्वास’ले गरेका छन् ।
गायक शिवले यो गजलले सङ्गीतप्रेमीहरूलाई अलग्गै स्वाद पस्किने आशा राखेका छन् । उनले यो गजलको माध्यमबाट नेपाली मूलधारको सङ्गीतप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने प्रयास गरेको बताए । साथै यो गजल-गीतको गायनमा आफूले उच्चतम प्रयास गरेको पनि उनले बताए ।
नेपाली साङ्गीतिक गजलको उन्नयनमा बहरमा लेखिएको यो गजलले सानो भए पनि भूमिका खेल्न सक्नेमा आफू विश्वस्त रहेको गजलकार नृपेशले बताए । उनको यो गजल आगामी पुस्तक गजलसङ्ग्रह ‘आगो रहरको’मा समावेश हुनेछ । यो गजल टिकटक, फेसबुक तथा अडियो डिजिटल प्लाटफर्महरू स्पोटीफाइ, एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिकदगायत एकैसाथ उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण