सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय युवा संघले ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने

सोमबार, ०१ असार २०८३, १० : ५२
सोमबार, ०१ असार २०८३

सारांश

  • राष्ट्रिय युवा संघ नेपालले असार १४ गतेदेखि राष्ट्रिय वृक्षारोपण अभियान सञ्चालन गर्ने भएको छ।
  • युवा संघले साउन १५ देखि भदौ १५ सम्म देशव्यापी रक्तदान र प्रशिक्षण अभियान पनि सञ्चालन गर्नेछ।
  • यसबाहेक, सातै प्रदेशमा विपद् व्यवस्थापन तालिम, 'एक पालिका–एक उत्पादन कार्यक्रम', युवा संवाद र अन्तर्राष्ट्रिय युवा महोत्सव आयोजना गरिनेछ।

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले असार १४ गतेदेखि एक महिनासम्म राष्ट्रिय वृक्षारोपण अभियान सञ्चालन गर्ने भएको छ । साथै युवा संघले साउन १५ देखि भदौ १५ सम्म देशव्यापी रक्तदान अभियान सञ्चालन गर्ने तथा प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

जेठ ३० र ३१ गते बसेको युवा संघ नेपालको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको अध्यक्ष महाराज गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी युवा संघले सातै प्रदेशमा विपद् व्यवस्थापन तालिम, ‘एक पालिका– एक उत्पादन कार्यक्रम, व्यापक तथा प्रत्यक्ष युवा संवाद कार्यक्रम तथा अन्तर्राष्ट्रिय युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक विषयहरूमाथि व्यापक छलफल गर्दै विभिन्न महत्त्वपूर्ण प्रस्ताव तथा संगठनात्मक निर्णयहरू पारित गरेको छ ।

724516103_1375084657888558_874855102893783825_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप