सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

सोमबार, ०१ असार २०८३, ११ : ४७
सोमबार, ०१ असार २०८३

सारांश

  • श्रम संस्कृतिका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।
  • राईले प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सभामुखले आदेश दिनुहुन्छ भन्ने व्यग्र प्रतीक्षा गरिरहेको र प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुहुने आशा राखेको बताए ।
  • उनले सुस्तामा एसएसबीको गतिविधि, माइतीघरमा युवाको पक्राउ, विद्यार्थीका मोबाइल डुबाउने र कैलालीमा टेम्पो गुल्टाउने घटनामा गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको साे अभिव्यक्ति हटाउन सभामुखबाट आउने आदेशको व्यग्र प्रतीक्षा गरिरहेको पनि बताए । साथै उनले प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिने आशामा आफू रहेको बताए । 

उनले सुस्तामा भारतीय सुरक्षा फौज एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेकोमा आपत्ति जनाए । यस विषयमा उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।

सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाएर मोबाइलको हत्या गर्नेलाई नसिहत दिन तथा कैलालीमा टेम्पो गुल्टाउनेमाथि आवश्यक कारबाही गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप