बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?

सोमबार, ०१ असार २०८३, २० : ४५
सोमबार, ०१ असार २०८३

सारांश

  • चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार, ‘लालीबजार’ले देशव्यापी ९ करोड १६ लाख ग्रस कमाइ गरेको छ ।
  • ‘मितज्यु’ले १ करोड ३२ लाख, ‘काजी’ले ४४ लाख, ‘लाइफ ड्यामेज’ले ३४ लाख र ‘कुम्भ’ले ३ लाख ९१ हजार ग्रस कलेक्सन गरेको छ ।
  • ‘लालीबजार’को ३ लाख ११ हजार ४०३ वटा टिकट बिक्री भएको छ भने अन्य फिल्महरूको टिकट बिक्री संख्या उल्लेख्य रूपमा कम छ ।

 काठमाडौँ । फिल्म ‘लालीबजार’को देशव्यापी कमाइ करिब ९ करोड १६ लाख पुगेको छ । चलचित्र विकास बोर्डले ३१ गते आइतबार राति १२ सम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी ९ करोड १६ लाख ६५५ रुपैयाँ ग्रस देखिएको छ । यो अवधिमा फिल्मको टिकट ३ लाख ११ हजार ४०३ वटा बिक्री भएको छ ।

यम थापा निर्देशित फिल्म वादी महिलाको कथामा बनेको हो । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायतको मुख्य भूमिका थियो । फिल्म गत बैशाख २५ गतेबाट प्रदर्शनमा आएको थियो ।

त्यस्तै फिल्म ‘मितज्यु’ को व्यवसाय १ करोड ३२ लाख ५३ हजार ३४२ ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मको टिकट ४६ हजार १५४ वटा बिकेको छ ।

फिल्म ‘काजी’को व्यवसाय भने ४४ लाख ४८ हजार ६० ग्रस कलेक्सन छ । यो अवधिमा फिल्मको टिकट १४ हजार ३२४ वटा बिकेका छन् ।

फिल्म लाइफ ड्यामेज र कुम्भको व्यवसाय पनि थोरै छ । लाइफ ड्यामेजले ३४ लाख ६६ हजार २९० ग्रस कलेक्सन गरेको छ भने यो फिल्मको टिकट ११ हजार ३७१ बिकेको छ ।

यस्तै कुम्भको बक्स अफिस कलेक्सन ३ लाख ९१ हजार १० रहेको छ । यो अवधिमा फिल्मको टिकट १ हजार ८७९ वटा बिकेको बक्स अफिस तथ्याङ्कमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप