पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
सोमबार, ०१ असार २०८३, १४ : १९
सारांश
- पोखरामा टिपरको ठक्करबाट तनहुँ बन्दीपुरका ५३ वर्षीय विष्णुबहादुर खत्रीको मृत्यु भएको छ ।
- पोखरा-२७ डाँडाकोनाक नजिक सोमबार भएको दुर्घटनामा विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
- गम्भीर घाइते खत्रीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा । पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं १ का ५३ वर्षीय विष्णुबहादुर खत्री छन् ।
सोमबार पोखरा–२७ डाँडाकोनाक अगाडि दुर्घटना भएको हो । विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको खत्रीले चलाएको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण