सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

राजनीतिक सेटिङका आधारमा गृहमन्त्रीको पुनर्वहाली भन्दै कांग्रेसको भर्त्सना

सम्पत्ति छानविन प्रतिवेदन सार्वजनिक गर्न माग
सोमबार, ०१ असार २०८३, १४ : २३
सोमबार, ०१ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री पदमा बहाली गर्ने कुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन्।
  • उनले सम्पत्ति छानविन आयोगको प्रतिवेदन सार्वजनिक नगरी राजनीतिक सेटिङका आधारमा गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
  • सचेतक परियारले गृहमन्त्री गुरुङको सम्पत्ति छानविन आयोगको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई सचेत गराए।

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री पदमा बहाली गर्ने कुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन्। 

सोमबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सम्पत्ति छानविन आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी राजनीतिक सेटिङको आधारमा उनलाई फेरि गृहमन्त्री नियुक्त गरिएको भन्दै कडा आक्रोश व्यक्त गरेका हुन्।

सचेतक परियारले गृहमन्त्री गुरुङको सम्पत्ति छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नका लागि सरकारलाई सचेत गराए। यसका साथै सांसद परियारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्। सरकारले आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्ने काममा ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो।

सरकारको कदमप्रति आपत्ति जनाउँदै उनले बैठकमा भने, ‘तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानविन आयोगको प्रतिवेदन सार्वजनिक पनि नगरी यो विषयमा सदनलाई जानकारी नगराई, नेपाली जनतालाई जानकारी नगराई एउटा बडो शङ्कास्पद राजनीतिक सेटिङको आधारमा गृहमन्त्रीमा फेरि पुनर्वहाली गरिएको छ। यो अत्यन्तै भर्त्सनायोग्य काम भएको हामीले महसुस गरेका छौँ। तसर्थ त्यो सम्पत्ति छानविन आयोगको प्रतिवेदन तुरुन्तै सार्वजनिक गर्नका लागि म जोडदार माग गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप