आगामी ६० दिनमा आणविक कार्यक्रम र प्रतिबन्धबारे वार्ता हुने
तेहरान । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिका र इरानबीचको सम्झौतालाई अन्तिम रूप दिइसकेको र यसको औपचारिक हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डको जेनेभामा हुने बताएका छन् ।
इरानले अमेरिकाप्रति अझै पूर्ण विश्वास नगरेको स्पष्ट पार्दै उनले सम्झौताअनुसार अमेरिकाले गर्ने प्रतिबद्धताहरूको कार्यान्वयनलाई नजिकबाट निगरानी गरिने इरानी सरकारी टेलिभिजनसँग कुरा गर्दै बताए ।
घरिबाबादीले इजरायलले बेरुतमा गरेको आक्रमणपछि इरानले इजरायल र अमेरिकाविरुद्ध दिएको कडा चेतावनीले पनि सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन र बाँकी केही विवाद समाधान गर्न सहयोग पुगेको दाबी गरे ।
उनका अनुसार सम्झौतापछि सुरु हुने वार्ता ६० दिनभित्र सम्पन्न गर्ने इरानको अपेक्षा छ । यस अवधिमा इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाउने विषय तथा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रस्ताव र निर्णयहरू अन्त्य गर्ने विषय प्रमुख एजेन्डा हुने बताइएको छ ।
युद्धपछिको आर्थिक पुनर्निर्माणसम्बन्धी विषयहरू पनि यही ६० दिने वार्तामा समेटिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण