बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
सोमबार, ०१ असार २०८३, १७ : ५३
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले अध्ययनबाट सम्भव देखिएका ६० वटा सिँचाइ, याङ्ग्री लार्के इन्द्रावती तथा हेलम्बु मेलम्ची तटबन्ध, पाटी चौर बहुउद्देश्यीय ताल र हिले जलजले बहुउद्देश्यीय ताल निर्माण कार्य सुरु गर्न ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
प्रदेशका विभिन्न ५७ खानेपानी तथा सरसफाइका आयोजना, सम्भाव्यता अध्ययनबाट उचित देखिएका आयोजनाका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
प्रदेशका प्रशासकीय भवन, नारायणी लिफ्ट तथा स्यालो डिप ट्युवेलहरुमा सौर्य ऊर्जा जडान गर्न ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूसँग एकीकरण गर्न जनमतले बनायाे तीन सदस्यीय वार्ता टोली
-
लुम्बिनी सरकारकाे बजेट : प्रशंसा र आलोचनाबिच कार्यान्वयनको प्रश्न
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण