दलहरूसँग एकीकरण गर्न जनमतले बनायाे तीन सदस्यीय वार्ता टोली
सारांश
- जनमत पार्टीले समान राजनीतिक सिद्धान्त, विचार र लक्ष्य भएका दलहरूसँग एकीकरण तथा मोर्चाबन्दीको प्रक्रिया अघि बढाउन तीन सदस्यीय वार्ता कार्यदल गठन गरेको छ।
- नरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा गठन गरिएको कार्यदलमा डा. जयकान्त राउत र प्रमोद प्रसाद गुप्ता सदस्य रहेका छन्।
- जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग मिलेर ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनका लागि पहल गर्ने निर्णय पनि गरेको छ।
काठमाडौँ । डा.सीके राउत नेतृत्वकाे जनमत पार्टीले समान राजनीतिक सिद्धान्त, विचार र लक्ष्य भएका दलहरूसँग एकीकरण तथा मोर्चाबन्दीको प्रक्रिया अघि बढाउन तीन सदस्यीय वार्ता कार्यदल गठन गरेको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले सोमबार उक्त निर्णय गरेको हो। निर्णयअनुसार नरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा गठन गरिएको कार्यदलमा डा. जयकान्त राउत र प्रमोद प्रसाद गुप्ता सदस्य रहेका छन्।
पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलका अनुसार कार्यदलले समान विचारधारा भएका राजनीतिक दलहरूसँग संवाद, सहकार्य तथा सम्भावित एकीकरणका विषयमा छलफल अघि बढाउनेछ।
यसैबिच जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग मिलेर ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनका लागि पहल गर्ने निर्णय पनि गरेको छ।
पार्टीले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको निष्कर्ष निकाल्दै समान उद्देश्य बोकेका दलहरूबिच सहकार्य र एकताको वातावरण निर्माण गर्न मोर्चा गठनको पहल गरिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण