मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सुनचाँदी व्यवसायी मञ्चले गर्‍यो अन्तरसंघ फुटसल प्रतियोगिता

सोमबार, ०१ असार २०८३, १९ : ३४
सोमबार, ०१ असार २०८३

काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले १०औँ स्थापना दिवसको अवसरमा अन्तरसंघ फुटसल प्रतियोगिता आयोजना गरेको छ । ललितपुर नख्खिपोटस्थित फुटसल भिलेजमा भएको प्रतियोगितामा १० वटा सुनचाँदी व्यवसायी संघले भाग लिएका थिए । 

जसमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च, नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघ, नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी कला व्यवसायी संघ, भक्तपुर सुनचाँदी व्यवसायी संघ र ललितपुर सुनचाँदी व्यवसायी संघका पदाधिकारीहरू खेलाडीका रूपमा सहभागी भएका थिए । 

प्रतियोगितामा नेपाल सुनचाँदी कला व्यवसायी संघ विजेता बन्यो भने नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ उपविजेता र नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघले तेस्रो स्थान हासिल गरेको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष खेम तिरूवाले जानकारी दिए । 

‘यो खेल मात्रै नभई संघहरूबिच आपसी सद्भाव बढाउने माध्यम पनि हो,’ उनले भने, ‘आगामी दिनमा पनि सबैको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा राखेका छौँ ।‘

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप