बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख

बुधबार, ०३ असार २०८३, ०८ : १०
बुधबार, ०३ असार २०८३

सारांश

  • कप्तान लियोनेल मेसीले दोस्रो गोल गरेपछि अर्जेन्टिनाले अल्जेरियाविरुद्ध २-० को अग्रता लिएको छ।
  • मेसीले खेलको १७औं मिनेटमा पहिलो र दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल थपे।
  • यो जितसँगै अर्जेन्टिना समूह चरणको पहिलो खेलमा महत्वपूर्ण तीन अंकको नजिक पुगेको छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा कप्तान लियोनेल मेसीको दोस्रो गोलसँगै अर्जेन्टिनाले अल्जेरियाविरुद्ध २–० को बलियो अग्रता बनाएको छ।

खेलको ५७औँ मिनेटसम्म अल्जेरियाले बराबरी गोलका लागि दबाब बढाउने प्रयास गरिरहेको थियो। इब्राहिम माजाले पेनाल्टी क्षेत्रको छेउबाट प्रहार गर्ने अवसर खोजे पनि अर्जेन्टिनाका रक्षकले त्यसलाई रोकिदिए। पछिल्ला केही मिनेटमा अल्जेरियाले पासिङमा तीव्रता थप्दै आक्रमणलाई धार दिने प्रयास गरेको थियो।

तर अल्जेरियाको त्यो प्रयासलाई ठूलो झट्का दिँदै खेलको ६० औँ मिनेटमा मेसीले अर्को गोल थपे। पेनाल्टी क्षेत्रभित्र पुगेको बललाई उनले दायाँ खुट्टाले शानदार रूपमा जाली चुमाउँदै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। खेलको १७औँ मिनेटमा पहिलो गोल गरेका मेसीका लागि यो व्यक्तिगत रूपमा दोस्रो गोल हो।

छैटौँ विश्वकप खेलिरहेका मेसीले निर्णायक प्रदर्शन गर्दै अर्जेन्टिनालाई समूह चरणको पहिलो खेलमा महत्वपूर्ण तीन अंकतर्फ अग्रसर गराएका छन्। दुई गोलको अग्रतासँगै अर्जेन्टिनाले खेलमाथि थप नियन्त्रण जमाएको छ भने अल्जेरियामाथि पुनरागमनको चुनौती झन् कठिन बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप