बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क

बिहीबार, ०४ असार २०८३, ०० : ४५
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को पहिलो खेलमा पोर्चुगल र डिमोक्रेटिक रिपब्लिक अफ कंगोबीचको प्रतिस्पर्धात्मक खेल १-१ गोलको बराबरीमा सकिएको छ।
  • यो खेल अमेरिकाको ह्युस्टन स्टेडियममा बुधबार राति सम्पन्न भएको थियो।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगल र डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोले अंक बाँडेका छन् । अमेरिकाको ह्युस्टन स्टेडियममा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

विश्वकै नजर ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोमाथि रहेको यस खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ६ औँ मिनेटमा युवा मिडफिल्डर जोआओ नेभेसले आकर्षक गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए ।

पोर्चुगलले खेलको सुरुदेखि नै दबाब कायम राखे पनि पहिलो हाफको अन्तिम समयमा कंगोले उत्कृष्ट पुनरागमन गर्‍यो । पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा कंगोका स्ट्राइकर योआने विसाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीबाट गोलका केही थप अवसरहरू सिर्जना भए पनि थप गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । ६ वटा फरक–फरक विश्वकपमा गोल गर्ने ऐतिहासिक कीर्तिमान बनाउने लक्ष्यका साथ मैदान उत्रिएका रोनाल्डोले यस खेलमा गोल गर्न भने सकेनन् ।

यो बराबरीसँगै समूह ‘के’ मा रहेका दुवै टोलीले १–१ अंक बाँडेका छन्। पोर्चुगलले अब आफ्नो समूह चरणको अर्को खेलमा सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राख्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप