इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एल' को खेलमा घानाले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै पानामामाथि १–० को रोमाञ्चक जित निकालेको छ।
- निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा थिए, तर खेल अतिरिक्त समयमा पुगेपछि घानाका क्लेभिन यिरेन्कीले निर्णायक गोल गरे।
- यस जितसँगै घानाले समूह 'एल' मा महत्वपूर्ण तीन अंक जोडेको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै पानामामाथि १–० को रोमाञ्चक जित निकालेको छ।
क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा थिए। खेल अतिरिक्त समयतर्फ लम्बिएको अवस्थामा घानाका क्लेभिन यिरेन्की नायक बने।
खेलको ९० प्लस ५औँ मिनेटमा ब्रान्डन थोमस–असान्टेको पासमा यिरेन्कीले निर्णायक गोल गर्दै घानालाई महत्वपूर्ण तीन अंक दिलाए।
यसअघि अतिरिक्त समय सुरु हुनुअघि घानाले गोल गर्ने उत्कृष्ट अवसर खेर फालेको थियो। एन्टोइन सेमेन्योको पासमा गोलकिपरसँग एक्लिएका थोमस–असान्टेको प्रहार पानामाका गोलरक्षक ओर्लान्डो मोस्केराले बचाएका थिए। त्यसपछि अफसाइडको संकेत गरिएको थियो।
खेलभर घानाले पानामाभन्दा बढी आक्रामक प्रदर्शन गरेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा लगातार दबाब बनाएको घानाले अन्ततः इन्जुरी समयमा सफलता पाएको हो।
यो जितसँगै घानाले समूह ‘एल’ मा महत्वपूर्ण सुरुआती तीन अंक जोडेको छ भने पानामा अन्तिम क्षणको गोलका कारण निराश बनेको छ।
सन् २०१८ को रसिया विश्वकपबाट डेब्यु गरेको पानामाको यो दोस्रो विश्वकप सहभागिता हो । आफ्नो दोस्रो विश्वकप यात्रामा अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिएको पानामाले रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा गोल खान पुग्यो ।
यो जितसँगै समूह ‘एल’ मा घानाले महत्वपूर्ण ३ अंक बटुलेको छ । यसअघि बिहीबार बिहानै भएकाे अर्काे खेलमा इङ्गल्याण्डले क्रोएसियालाई हराएर ३ अंक जोडिसकेको अवस्थामा घानाको यो जितले अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । अर्कोतर्फ, पराजित पानामाका लागि भने अब बाँकी खेलहरूमा जित निकाल्नैपर्ने दबाब बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण