संसद् बैठक
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
बिहीबार, ०४ असार २०८३, ११ : ३८
सारांश
- नेकपाका सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले खेलेको रचनात्मक भूमिकालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।
- उनले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र यसमा प्रतिपक्षले उठाएको आवाजको नजरअन्दाज गर्न नमिल्ने बताए ।
- सांसद मल्लले प्रधानमन्त्रीको कार्यालयमा कोही मानिसलाई बोलाएर बयान लिइएको तथा पक्राउ गरिएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
काठमाडौँ । नेकपाका सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले खेलेको रचनात्मक भूमिकालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने भन्दै यसमा प्रतिपक्षले उठाएको आवाजको नजरअन्दाज गर्न नमिल्ने बताए ।
साथै, उनले प्रधानमन्त्री कार्यालयमा कोही मानिसलाई बोलाएर बयान लिइएको तथा पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीको कार्यालय त्यस्तो काम गर्ने ठाउँ नभएको बताए । उनले यस्ता घटनाबाट लोकतन्त्र र संविधानकै चीरहरण हुन सक्नेतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
‘संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएर जबरजस्ती थुनछेक गरिएको छ भने छानबिन गरियोस् र दोषीमाथि कारबाही गरियोस्’, मल्लको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण