ईभी काण्डमा संसदीय छानबिन समिति गठन गर्न एमालेको माग
सारांश
- नेकपा एमालेले विद्युतीय सवारी (ईभी) आयातमा भएको कर छलीको विषयमा छानबिन समिति गठन गर्न माग गरेको छ ।
- सांसद पोखरेलले ईभी काण्डमा संसदीय छानबिन हुनैपर्छ, अन्यथा एमालेले यस विषयलाई गम्भीरतापूर्वक लिने बताए ।
- उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई राष्ट्रघातको संज्ञा दिँदै संसदको रेकर्डबाट हटाउन माग गरे ।
काठमाडौँ । विपक्षी दल नेकपा एमालेले विद्युतीय सवारी (ईभी) आयातमा भएको कर छलीको विषयमा छानबिन समिति गठन गर्न माग गरेको छ । एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै बजेट निर्माणको पूर्व सन्ध्यामा कर छली गरेर भित्र्याइएका ईभी गाडीको विषयमा प्रश्न उठाएका हुन् ।
उनले करका दरहरू हेरफेर गरी राज्यलाई नोक्सान पुर्याउने गरी गाडी भित्र्याइएको भन्दै यस विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
सांसद पोखरेलले भने– ‘ईभी काण्डमा संसदीय छानबिन हुनैपर्छ, अन्यथा एमालेले यस विषयलाई गम्भीरतापूर्वक लिनेछ।’ प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धमा सदनमा व्यक्त गरेको अभिव्यक्तिलाई ‘राष्ट्रघात’को संज्ञा दिए ।
सांसद पोखरेलले लिपुलेक,कालापानी र लिम्पियाधुरा लगायतका ३७२ वर्ग किलोमिटर नेपाली भूमि सुगौली सन्धि यताका सबै ऐतिहासिक नक्साहरूले नेपालकै प्रमाणित गरेको बताए ।
उनले भने- ‘सन् १८१६, १८१९, १८२१, १८२७ र १८५६ का नक्साहरूले यो भूमि नेपालकै हो भनेर देखाउँछन्। तर, प्रधानमन्त्रीले ‘हामीले पनि भारतको सीमा मिचेका छौँ’ भन्नु ३ करोड नेपालीको अपमान र राष्ट्रघात हो।’ उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरे ।
सरकारका मन्त्रीहरूले संसद् र बाहिर व्यक्त गरेका अभिव्यक्तिहरूले सरकार कुन दिशामा जाँदैछ भन्ने प्रश्न उठाएको सांसद पोखरेलले बताए । उनले अर्थमन्त्रीको धम्कीपूर्ण भाषा र पूर्वाधार मन्त्रीले ‘ठेकेदारको खुट्टा भाँच्ने’ जस्ता अराजक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।
‘कर्मचारीहरूलाई आतङ्कित बनाउने, अपमान गर्ने र अपशब्द प्रयोग गर्ने गतिविधिहरू बढिरहेका छन् । यो लोकतान्त्रिक संस्कार होइन,’ पोखरेलले भने– ‘हामी सात साल, ४६ साल र ६२/६३ को आन्दोलन नेतृत्व गर्ने शक्ति हौँ, कुनै आयोगले बनाएको संविधान होइन यो, हामीले बनाएको हो। त्यसैले सरकारको सनकको भरमा देश चल्न सक्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण