बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
बिहीबार, ०४ असार २०८३, १२ : ४२
सारांश
- पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतको नीतिका कारण बन्द हुने अवस्थामा पुगेको नेपालको चिया उद्योगको संकट समाधान गर्न भारतसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेका छन् ।
- उनले यो संकटले नेपालको अर्थतन्त्र, रोजगारी र निर्यात व्यापारमा ठूलो धक्का पुग्ने भएकाले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको चिया उद्योग बन्द हुने गरी देखा परेको वर्तमान संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न माग गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भारतले लिएको नीतिका कारण चिया उद्योगहरू बन्द हुने अवस्थाको समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् ।
‘भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योगहरू बन्द हुने गरी देखा परेको वर्तमान संकटको समाधान गर्न तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक समाधान निकाल्न सरकारसँग जोडदार अनुरोध गर्दछु । यसबाट नेपालको अर्थतन्त्र ,रोजगारी र निर्यात व्यापारमा ठुलो धक्का पुग्ने भएकाले सरकारले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिई तत्काल भारतीय पक्षसँग वार्ता गरी यो संकटको समाधान गर्नु जरुरी छ’, श्रेष्ठले लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण