बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक

बिहीबार, ०४ असार २०८३, २२ : १५
बिहीबार, ०४ असार २०८३

काठमाडौँ । बजेटको सबैभन्दा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । 

बिहीबार १३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

यसअघि सबै सांसदहरूले राखेका मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको थियो ।

योसँगै सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्न पाउने भएको छ । यद्यपि यसअघि उक्त विधेयक राष्ट्रियसभामा छलफल भई राष्ट्रपतिबाट प्रमाणीकरण भने हुनु पर्नेछ ।

बजेट अन्तर्गत नै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा भने छलफल हुनै बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप