अपडेट
रास्वपाको महाधिवेशनका लागि प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार, ०५ असार २०८३, १४ : ५८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनमा हुने भएकाले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।
- सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठक ६ दिनसम्म स्थगित भएको जानकारी दिए ।
- रास्वपाका सांसदहरू महाधिवेशनमा सहभागी हुने भएकाले यो निर्णय लिइएको हो ।
काठमाडौँ । प्रतिनिधि सभा बैठक ६ दिनका लागि स्थगित भएको छ । शुक्रबार प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा हुँदैछ । प्रतिनिधि सभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत छ ।
सो पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने भएकाले प्रतिनिधि सभा बैठक ६ दिनसम्मका लागि स्थगित गरिएको हो । राष्ट्रिय सभामा भने रास्वपाको प्रतिनिधित्व छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा घर बनाउन कडा नियम : सेप्टिक ट्याङ्कदेखि दुई रुखसम्म
-
वीरगञ्जको बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घण्टामै सीमा क्षेत्रबाट पक्राउ
-
स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लबद्वारा हस्तान्तरण
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
-
समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण