यी हुन् कुखुराको खुट्टा खानुका फाइदाहरू
सारांश
- विश्वमा सिंगापुर जस्ता देशहरूमा कुखुराको खुट्टा किलोमा बिक्री हुने र महँगोमा बिक्री हुने गरेको छ।
- अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानको अनुसन्धान अनुसार कुखुराको खुट्टामा प्रोटिन, कोलेजन, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम र जिंक जस्ता पोषक तत्त्वहरू पाइन्छन्।
- कुखुराको खुट्टामा पाइने कोलेजनले छालाको लचिलोपन कायम राख्नुका साथै जोर्नीको स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
काठमाडौँ । मानिसहरू कुखुराको मासु त निकै स्वादले खान्छन् । यसका कयौँ परिकार बनाउँछन् । तर तपाईंले कहिले यसको खुट्टा खानु भएको छ । कतिपयले कुखुराको मासु किन्दा यसको खुट्टा भने काट्न लगाउँछन्। तर विश्वमा यस्ता ठाउँ पनि छन्,जहाँ कुखुराको खुट्टा निकै स्वादका साथ खाइन्छ । सिंगापुरमा कुखुराको खुट्टा किलोमा विक्री हुन्छ । कुनै ठाउँमा निकै महँगो पनि बिक्री हुने गरेको छ ।
खासमा कुखुराको खुट्टा खान मिल्छ कि मिल्दैन ? आजको लेखमा हामी यसैबारे जानकारी दिने छौँ । अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानले गरेको अनुसन्धान अनुसार कुखुराको खुट्टामा विभिन्न प्रकारका पोषक तत्त्वहरू हुन्छन्।
कुखुराको खुट्टालाई राम्ररी सफा गरेपछि उमालेर र पकाएर खानु फाइदाजनक हुन्छ । यसमा प्रोटिनको झन्डै ७० प्रतिशत कोलेजन हुन्छ । कुखुराको खुट्टामा क्याल्सियम, फस्फोरस, म्याग्नेसियम र जिंक पनि पाइन्छ ।
कुखुराको खुट्टा खानुका फाइदाहरू
कोलेजनको राम्रो स्रोत:
कुखुराको पञ्जामा प्रशस्त मात्रामा कोलेजन हुन्छ । कोलेजन शरीरको छाला, जोर्नी, हड्डी र संयोजी तन्तुको लागि आवश्यक हुन्छ । यसले छालाको लचिलोपन कायम राख्छ ।
जोर्नीका लागि फाइदाजनक
कुखुराको खुट्टामा पाइने कार्टिलेज र कोलेजन जोर्नीको स्वास्थ्यको लागि लाभदायक मानिन्छ । यद्यपि, यसलाई कुनै पनि रोगको उपचार विकल्प मान्न सकिँदैन ।
प्रचुर मात्रामा प्रोटिन
कुखुराको पञ्जामा प्रोटिन प्रशस्त मात्रामा हुने विज्ञहरू भन्छन् । यसमा भिटामिन, खनिज र फस्फोरस पनि हुन्छ, जसले राम्रो कपालको वृद्धिलाई बढावा दिन्छ ।
कुखुराको खुट्टा खाने सही तरिका ?
कुखुराको खुट्टा सेवन कहिलेकाहीँ हानिकारक पनि हुन सक्छ । यसमा धेरै फोहोर हुन्छ । त्यसैले खानुअघि यसलाई सफा गर्नु महत्त्वपूर्ण छ । धोएपछि छाला पूर्ण रूपमा हटाउनुपर्छ । यसले सबै ब्याक्टेरिया हटाउँछ । कुखुराको खुट्टामा पाइने कोलेजन र जिलेटिनलाई शरीरले सजिलै पचाउन सक्ने गरी पकाउनुपर्छ । त्यसैले विज्ञहरूले यसबाट सुप बनाउन सल्लाह दिने गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण