शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
सेयर बजार

२७०२ को विन्दुमा सेयर बजार, सूचक र कारोबार दुवैमा सामान्य वृद्धि

शुक्रबार, ०५ असार २०८३, १५ : ५२
शुक्रबार, ०५ असार २०८३

सारांश

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन १.६३ अङ्कले बढेर २७०२.११ विन्दुमा पुगेको छ।
  • आज ३५३ कम्पनीको १ करोड ९ लाख कित्ता सेयर ४ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीमा किनबेच भएको छ।
  • एपोलो हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशत नाफा कमाएका छन्।

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से सूचक १.६३ अङ्कले बढेर २७०२.११ विन्दुमा पुगेर बन्द भएको छ।

बजारमा आज कुल ३५३ वटा कम्पनीका १ करोड ९ लाख कित्ता सेयर ६१ हजार १७० पटक किनबेच हुँदा कुल ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा उतारचढावका बिच अन्ततः हरियाली छाएको छ। दिनभरको कारोबारमा ११६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आजको कारोबारमा एपोलो हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशत नाफा कमाएका छन् भने सोपान फर्मास्युटिकल्सको मूल्य पनि १४.०२ प्रतिशतले बढेको छ। त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ९.०८ प्रतिशतले वृद्धि भएको देखिन्छ।

कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंकको ऋणपत्र अग्रस्थानमा रहेको छ, जसको ३३ करोड ११ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी सोही बै‌कको अर्को ऋणपत्रको ३२ करोड ७६ लाख र सोपानको २० करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप