लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
बेरुत । बिहीबार मध्यरातदेखि शुक्रबार दिउँसोसम्म लेबनानमा भएको व्यापक हवाई आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सेवा केन्द्रले शुक्रबार जारी गरेको तथ्याङ्कमा जनाइएको छ ।
लेबनानको दक्षिणी र पूर्वी क्षेत्र नाबातिह, टायर, बिन्त जेबेल, जेजिन र बाल्बेक जिल्लाहरूमा आक्रमण भएको केन्द्रले जनाएको छ । मारिनेमध्ये ऐन बोर्डेमा भएको हवाई आक्रमणमा र अर्को एक बालबेक जिल्लाको जमालियाह शहरको फार्ममा भएको हवाई आक्रमणमा मारिएका थिए । जेजिनको रिहान शहर र डेर अल–जहरानी–नबातिह राजमार्गमा ड्रोन आक्रमणबाट अन्य केहीको हताहती भएको थियो ।
अमेरिका–इरानबिच हालै हस्ताक्षर भएको समझदारी पत्रमा लेबनान लगायत सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने उल्लेख गरिएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले एक विज्ञप्ति जारी गर्दै लेबनान विरुद्ध इजरायलले लगातार आक्रमण गरिरहेको भन्दै कडा शब्दमा निन्दा गरेका छन्।
उनले भने, “लेबनानमा युद्ध अन्त्य गर्ने कुरा स्पष्ट रूपमा अमेरिका–इरान समझदारीको ‘अभिन्न’ हिस्सा मानिएको छ र लेबनानको वर्तमान परिस्थितिका लागि संयुक्त राज्य अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार छ।”
बघाईले भने, “इरानले आफ्नो हित, सुरक्षा र अधिकारका साथै आफ्ना सहयोगीहरूको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्नेछ।” यसैबिच, इजरायलको च्यानल १२ ले शुक्रबार इजरायली अधिकारीलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहबीच युद्धविराम सम्झौता भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
-
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
-
हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण