शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

शनिबार, ०६ असार २०८३, ०९ : २८
शनिबार, ०६ असार २०८३

सारांश

  • सिथि नखः पर्व नेवार समुदायले मनाउने एक विशेष चाड हो, जसमा पानीका परम्परागत स्रोतहरूको सरसफाइ गरिन्छ।
  • यो पर्वमा इनार, ढुंगेधारा, कुवा र पोखरी जस्ता पानीका स्रोतहरू सफा गर्ने चलन छ, जसले वर्षभरि पानीको अभाव नहुने जनविश्वास छ।
  • सिथि नखःको दिन दालजन्य पकवान र बारा, चटामरी जस्ता विभिन्न परिकारहरू पकाएर खाने चलन पनि रहेको छ।

काठमाडौँ । नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि मा सिथि नखः मनाइन्छ ।

01-Sithi Nakh_-2281

लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथि नखःका दिन मुहान सफा गर्‍यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ ।

02-Sithi Nakh_-2287

चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ । पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ ।त्यसो त सिथि नखः को दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउ लगायतका दालहान पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी ९मुठी पारी बनाइको एक किसिमको रोटी० आदि पकवान पकाएर खाने चलन छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी

04-Sithi Nakh_-227405-Sithi Nakh_-228506-Sithi Nakh_-228407-Sithi Nakh_-228308-Sithi Nakh_-228009-Sithi Nakh_-228210-Sithi Nakh_-227811-Sithi Nakh_-228612-Sithi Nakh_-227713-Sithi Nakh_-227614-Sithi Nakh_-2275

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप