शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना

शनिबार, ०६ असार २०८३, १० : १९
शनिबार, ०६ असार २०८३

सारांश

  • विश्वकप समूह चरणको टर्की र पाराग्वेबीचको खेलमा पाराग्वेका मिडफिल्डर मिगेल अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड दिइएको छ।
  • रेफ्रीले भीआरको सहायतामा नयाँ अनुशासन नियमअनुसार अल्मिरोनलाई कारबाही गरेका हुन्।
  • यो नयाँ नियम लागू भएपछि विश्वकपमा मुख छोपेर बोलेको आरोपमा पहिलो रातो कार्डको घटना हो।

काठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेलमा पाराग्वेका मिडफिल्डर मिगेल अल्मिरोनलाई रातो कार्ड दिइएको छ।

खेलको ४५ प्लस ३ मिनेटमा टर्कीका खेलाडी मर्ट मुल्दुरसँगको विवादका क्रममा अल्मिरोनले मुख छोपेर केही बोलेको देखिएपछि रेफ्रीले भीआरको सहायतामा निर्णय गरेका हुन्। त्यसपछि उनलाई सिधै रातो कार्ड दिइएको हो।

यो निर्णय विश्वकपमा हालै लागू गरिएको नयाँ अनुशासन नियमसँग सम्बन्धित रहेको बताइएको छ। उक्त नियमअनुसार खेलाडीले विवादका क्रममा मुख छोपेर बोलेको अवस्थामा अपमानजनक वा आपत्तिजनक भाषा प्रयोग भएको आशंका भएमा रेफ्रीले कारबाही गर्न सक्ने व्यवस्था छ।

अल्मिरोनको रातो कार्डपछि पाराग्वे १० खेलाडीमा सीमित भएको छ र खेलमा ठूलो प्रभाव परेको छ।

यो घटनालाई विश्वकप इतिहासमा नयाँ नियमअन्तर्गत पहिलो यस्ता कारबाहीमध्ये एक मानिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप